Logo

सत्ता गठबन्धनको बैठक साँझ ५ बजे बालुवाटारमा बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने



काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठक अहिले साँझ ५ बजे बालुवाटारमा बस्ने भएको छ । मन्त्रिपरिषद्लाइ पूर्णता दिनको लागि गठबन्धनको बैठक बस्ने लागेको हो । हिजोपनि गठबन्धनको बैठक बसेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन अब ढिलाई गर्न नहुने भन्दै गठबन्धनमा आवद्ध नेताहरुसँग आग्रह गरेकोले अहिले बैठक बस्न लागेको हो । हिजोको गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए । खड्काले आजै सपथ लिएर पनि पदभार ग्रहण गरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्