Logo

तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तान गृहयुद्धमा जान्छः इमरान खान



एजेन्सी, ६ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएका छन् ।
बीबीसी टेलिभिजनमा एक भिडीयो अन्र्तवार्ता दिँदै प्रधानमन्त्री खानले तालिबानले समावेशी सरकार बनाउन नसकेमा अफगानिस्तान गृह युद्धमा फस्ने खतरा रहेको चेतावनी दिएका हुन् ।

साथै अफगानिस्तानमा मानविय र शरणार्थी संकट हुनसक्ने बताउँदै प्रधानमन्त्री खानले यसको असर पाकिस्तानमा पनि पर्न सक्ने बताएका छन् । ‘यदि गृह युद्ध भयो भने त्यसको असर पाकिस्तानलाई समेत पर्नेछ’, उनले भनेका छन् ।

अफगानिस्तानमा स्थायित्व कायम गर्न र तालिबानको अन्तरिम सरकार गठनमा सहयोग गर्न भन्दै पाकिस्तानले अन्य मुलुकहरुसँग आग्रह गरेको छ । अफगानिस्तानको माटोमा तिनै सैन्य समूह लडेका थिए जो पाकिस्तानी सरकारसँग पनि लडिरहेका छन् ।
तालिबानले हालै मात्र अन्तरिम सरकारको मन्त्रीमण्डल गठन गरेको छ जसमा महिलालाई समावेश गरिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्