Logo

गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा पदाधिकारी बैठकबाट बाहिरिए



काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकबाट बाहिरिएका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसको पदाधिकारी बैठक बसेको हो ।

सभापति देउवा गठबन्धनको बैठकमा सहभागी हुन बाहिरिएपनि बैठक जारी छ । मन्त्रिपरिषद् विस्तारमा देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको छ ।

हिजोमात्रै देउवाले पार्टीभित्र कुनै छलफल नै नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री खड्काले आजै पदभारसमेत ग्रहण गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्