Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, भोलि मन्त्रिपरिषद् विस्तार हुने



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले आज÷भोलि नै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

उनले भने,‘केही बेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ, त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” आजको गठबन्धनको बैठकमा कुन कुन मन्त्रालय कुन दलले पाउने भन्नेबारे पनि टुँगो लाग्ने महराको भनाई छ । file photo

 



प्रतिक्रिया दिनुहोस्