Logo

को बन्ला एसको महासचिव ?



काठमाडौं, ६ असोज । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । आज बसेको बैठकले समूहगत छलफल पछि सुझावसहित प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा एमालेको मार्गदर्शक सिद्धान्त, कार्यनीतिलगायतका विषयहरु छन् । चुनाव चिन्हबारे पनि प्रस्तावहरु आएका छन् ।

नेकपा एसले अब कार्यविभाजनबारे पनि छलफल गर्ने भएको छ । अब नेकपा एसको महासचिव को बन्ने भन्ने चासोमा परेको छ । महासचिवका सम्भावितमा वेदुराम भुषाल, राजेन्द्र पाण्डे र गंगालाल तुलाधर मुख्य छन् । भुषाल अध्यक्ष नेपालका विश्वासपात्र हुन् । पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । तुलाधर पनि नेपालका विश्वासपात्र हुन् ।

 



प्रतिक्रिया दिनुहोस्