Logo

अध्यादेश भोलि निष्कृय बनाएर मन्त्रिपरिषद विस्तार गरिने



काठमाडौं, ६ असोज । सरकारले राजनीतिक दल विभाजन सजिलो बनाउने गरी ल्याएको अध्यादेश निष्कृय बनाउने भएको छ । त्यसका लागि अध्यादेश प्रतिस्थापन विधयेक भोलि संसदमा प्रस्तुत गरेर पारित गर्ने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

नेकपा एस र जसपा अध्यादेश निष्कृय नभई सरकारमा जान तयार नभएपछि सरकारले नयाँ कदम चाल्न लागेको हो । दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय कार्यकारिणी वा सांसद सदस्य संख्या भए पुग्ने गरी अध्यादेश ल्याएपनि निष्कृय भएको छैन । यो अध्यादेशले नेकपा एमाले र जसपा फुटेको छ । फेरि दलहरु फुट्ने परिस्थिति विकास हुँदै गएको छ ।

अध्यादेश निष्कृय हुन प्रतिनिधि सभा बैठक चलेको ६० दिन हुनुपर्ने, संसदबाट अस्वीकृत हुनुपर्ने वा राष्ट्रपतिबाट खारेज हुनुपर्ने प्रावधान छ । सरकारले प्रतिस्थापन विधयेक ल्याएर निष्कृय बनाउन लागेको हो ।

यसैगरी, भोलि मन्त्रिपरिषद विस्तार हुने भएपछि मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु सक्रिय भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाले मन्त्रीको टुंगो लगाउने गृहकार्य थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot