Logo

सत्ता गठबन्धनको बैठकः अध्यादेश र मन्त्रिपरिषद विस्तार एजेन्डा



काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठकमा अध्यादेश निष्कृय बनाउने र मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल भएको छ । भोलि नै अध्यादेश निष्कृय बनाउन प्रतिस्थापन विधयेक ल्याउने र मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल भएको हो ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादी नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

देउवा प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाएको छैन । यसले सरकारको आलोचना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्