Logo

अध्यादेश निष्क्रिय नभएसम्म जसपा सरकारमा सहभागी नहुने



काठमाडौं, असोज ७। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलसँग मन्त्री बन्नेहरूको नामावली मागिरहेका बेला जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय हुनुपर्ने सर्त प्रधानमन्त्रीसहित पाँचदलीय गठबन्धनभित्र राखेको जसपा स्रोतले जनाएको छ । आजको राजधानी
दैनिकबाट



प्रतिक्रिया दिनुहोस्