Logo

राष्ट्रिय फोटोपत्रकार समुहको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा वन्त र सचिवमा कोलिकोटे चयन (फोटोफिचर)



काठमाडौं, असोज ७ । राष्ट्रिय फोटो पत्रकार समूह( एनएफपिजे नेपाल) को २४औं बार्षिकोत्वस तथा १२ औ केन्द्रिय अधिवेशन २०७८ सम्पन्न भएको छ । बुधबार राजधानीको बालुवाटारस्थित परेली रेष्टुरेण्टमा सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा प्रदिपराज वन्त निर्विरोध निर्वाचित भएका छन्। वन्तको नेतृत्वमा १३ सदस्सीय केन्द्रीय टिम चयन भएको छ ।

सस्थाको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षका भगवती क्षेत्री, महासचिवमा नवराज श्रेष्ठ, सचिवमा मुकुन्द कालिकोटे र कोषाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन्। एनएफपिजे नेपाल २०५३ साल असोज ६ गतेका दिन स्थापान भएको थियो ।

बार्षिकोत्सवको अवसरमा रिपोर्टर्स नेपालका वरिष्ट फोटो पत्रकार मुकुन्द कालिकोटे राष्ट्रिय फोटोपत्रकार समुह (नएफपीजे) हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार साहसिक फोटो पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त सम्मान वितरण गरेका थिए । कोलिकोटेले गरेको उत्कृष्ट सेवाको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्