Logo

लिग वानमा पीएसजीको कठिन जित



एजेन्सी, ७ असोज । लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेट्जमाथी कठिन जित निकालेको छ । इन्जुरी समयमा अच्राफ हाकिमीले नाटकीय गोलगर्दा पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ५औं मिनेटमा हाकिमीले पीएसजीलाई अग्रता दिलाएका थिए ।

मेट्जका बाउबकर कौयतले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कप्तान डायलन ब्रोन खेलको इन्जुरी समयमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मेट्ज १० खेलाडीमा सिमित बनेको थियो ।

नेयमारको पासलाई सदुपयोग गर्दै हाकिमीले खेलको अन्तिम समयमा पीएसजीलाई जित दिलाए । पीएसजीले लिग वानमा ७ खेलमा शत प्रतिशत जित सहित २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्