Logo

भीम आचार्यले मुख्यमन्त्री बन्ने रहर पुर्याउनुभयो, अब म मुख्यमन्त्री हुन्छु : राजेन्द्र राई (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने दाबी गरेका छन् । उनले अब मुख्यमन्त्री आचार्यले कुनैपनि हालतमा बहुमत कायम गर्न नसक्ने भन्दै ठोकुवा गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले भीम आचार्यले मुख्यमन्त्री बनेर रहर पुर्याएको टिप्पणी गरेका छन् ।

उनले भीम आचार्य अध्यक्ष केपी शर्मा ओलीसँग लाग्नुको कारण भ्रममात्रै भएको टिप्पणी गरेका छन् । उनले प्रदेश नम्बर १ मा आफ्नो विरुद्धमा कांग्रेस नरहेको जिकिर गरे । उनले शीर्ष नेताहरुले गरेको निर्णय आफूहरुलाई मान्य हुने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्