Logo

रिपोर्टर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित



काठमाडौं, असोज ७ । रिपोर्टर्स नेपालका वरिष्ट फोटो पत्रकार मुकुन्द कालिकोटे राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार साहसिक फोटो पुरस्कार २०७७ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय फोटोपत्रकार समुह, नेपालको २५ औं बार्षिकोत्सवको अवसरमा पत्रकार कालिकोटेलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान वितरण गरेका थिए ।

कोलिकोटेले गरेको उत्कृष्ट सेवाको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो । साथै, पत्रकार कालिकोटे संस्थाको २५ औं बार्षिकोत्सव तथा १२ औं अधिवेशन २०७८ बाट सचिव पदमासमेत निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot