Logo

गोविन्द भट्टराईको दाबी : अहिले नै यो सरकार ढल्ने अवस्था छैन्, देशमा ठूलो चूनौति आईहाल्छ भन्ने होईन (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले गठबन्धनभित्रको किचलोको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको स्पष्ट पारेका छन् । उनले बाहिर चर्चा भएजस्तो पार्टीभित्र ठूलो आन्तरिक विवाद नभएको पनि जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र गुट भने रहेको स्विकारे । उनले पार्टीभित्र निर्वाचित सभापतिले हारेकाहरुसँग भागबण्डाको राजनीति गरेको कारण गुटम झनै मौलाएको टिप्पणी गरे । उनले वर्तमान सरकार ढल्नेखालको चूनौति रहेको दाबी गरे । यद्धपी सरकार सञ्चालनमा भने केही समस्या हुनसक्ने कुरालाई नकार्न नसकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्