Logo

सुनको मूल्य रु पाँच सयले घट्यो



काठमाडौँ, ७ असोज: नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्