Logo

ह्वात्तै घट्यो सुनको मुल्य



काठमाडौं, ७ असोज । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९० हजार १ सयमा किनबेच भएको सुन आज ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ । भने तेजाबी सुनको मुल्य आज ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि घटेको छ । बुधबार प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्