Logo

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला एसमा उपमहासचिव



काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन हुँदा प्रकाश ज्वाला परेका छन् । ज्वाला सल्यानका पूर्व सांसद हुन् । उनले यसपटक कर्णाली प्रदेशमा नेकपा एमालेविरुद्ध विद्रोह गरे । फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाइदिए ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाइदिए । ज्वाला एमालेबाट निष्काशनमा परे । सांसदबाट पदमुक्त भए । अहिले उनी माधव नेपालबाट पुरस्कृत भएका छन् । उनी उपमहासचिव चयन भएका छन् ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डेसहित ४ जना चयन भएका छन् । महासचिवमा वेदुराम भुसाल चयन भए । सचिवमा रामकुमारी झाँक्री चयन भइन् ।

आज बसेको नेकपा एसको बैठकले नेताहरुको नाम टुंगो लगाएको हो । नेकपा एसको अन्तरिम विधान अनुसार राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई उपाध्यक्ष चयन भए ।
उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा झाँक्रीसहित जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएका छन् ।

एमाले स्थायी कमिटी सदस्य, आठौं र नवौं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य स्वतः बनाउने निर्णय समेत भएको छ ।

नेकपा एसको अन्तरिम विधान टुंगो लागेपछि भुसालको चयन हुन लागेको हो । एसको अन्तरिम विधानमा अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्