Logo

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने



७ असोज : सयुक्त राष्ट्रसंघले कोभिड-१९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।

हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन् सयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ ।

उनले भने– मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताहरुले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।
यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताहरुको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुनेछ उनले हानेका छन् ।-सिन्हवा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्