Logo

कटुवा पेस्तोल र गोली सहित एक पक्राउ



रौतहट, ७ असोज । कटुवा पेस्तोल र गोली सहित १ जना पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्