Logo

ला लिगामा रियलको फराकिलो जित



काठमाडौं, ७ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले मालोर्कामाथि फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक गरे ।

करिम बेन्जिमाले दुई तथा इस्कोले एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा बेन्जिमाले तेस्रो मिनेटमा गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका थिए । २४औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

साथै, खेलको २५औं मिनेटमा काङ्ग लीले गोल गर्दा मालोर्का २–१ को स्थितिमा आयो । खेलको २९औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३–१ को अवस्थामा पुग्यो । खेलको ५५औं मिनेटमा एसेन्सियोले ह्याट्रिक पूरा गर्दै रियललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७८औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरे ।

साथै खेलको ८४औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई ६–१ को सानदार जित दिलाएका थिए । जितसँगै रियल ६ खेलमा १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot