Logo

विमानमा फाइल पल्टाउँदै अमेरिका पुगे मोदी



एजेन्सी, ७ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । क्वाड नेताहरुको सम्मेलनमा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।

मोदीले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई समेत सम्बोधन गर्ने भएका छन् । मोदीले अमेरिका भ्रमणका बेलामा आफ्नो यात्राको भरपूर सदुपयोग गरेका छन् ।

आधिकारिक कागजपत्रको अध्ययन गरे । काम अगाडि बढाउनुपर्ने थाती रहेका फाइलहरुको अध्ययन गरे । उनले ट्वीट गर्दै लेखेका छन्, ‘लामो फ्लाइट कागजागत र फाइलका काम हेर्ने अवसर पनि हो ।’

क्वाडमा अमेरिका, जापान, भारत र अष्ट्रेलिया रहेका छन् । यो प्रतिरक्षासम्बन्धी चार देशहरुको एलाइन्स हो ।

Photo Source: @narendramodi



प्रतिक्रिया दिनुहोस्