Logo

एसको सचिवमा राजेन्द्र राई थपिए, यी हुन् १६ पदाधिकारी



काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई थपिएका छन् । उनको नाम पछिमात्र थपिएको हो ।

राईलाई सचिव बनाएर केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ । यसअघि श्रेष्ठ सचिव चयन भएका थिए । यसैगरी घनेन्द्र बस्नेत पनि उपाध्यक्ष चयन भएका छन् ।

राई नेकपा एस प्रदेश नं १ का संसदीय दलका नेता हुन् । उनी मुख्यमन्त्रीका दाबेदार हुन् । अनेरास्ववियूका पूर्व अध्यक्ष राई बलियो पकड भएका नेतामध्येका हुन् ।

नेकपा एस
१. अध्यक्ष, माधवकुमार नेपाल
२. वरिष्ठ नेता, झलनाथ खनाल
३. सचिवालय सदस्य, मुकुन्द न्यौपाने
४. उपाध्यक्ष, राजेन्द्र पाण्डे्
५. उपाध्यक्ष, प्रमेश हमाल
६. उपाध्यक्ष, धर्मनाथ शाह
७. उपाध्यक्ष, जयन्ती राई
८. उपाध्यक्ष, केशवलाल श्रेष्ठ
९. उपाध्यक्ष, घनेन्द्र बस्नेत
१०. महासचिव, वेदुराम भुसाल
११. उपमहासचिव, गंगालाल तुलाधर
१२. उपमहासचिव, प्रकाश ज्वाला
१३. उमहासचिव, डा. विजय पौडेल
१४. सचिव, रामकुमारी झाँक्री
१४. सचिव, राजेन्द्र राई
१५. सचिव, जगन्नाथ खतिवडा
१६. सचिव, नागेन्द्र चौधरी



प्रतिक्रिया दिनुहोस्