Logo

प्रचण्ड र नेपाल एउटै दलमा कहिले ?



काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहकार्य गर्दै आएका छन् । नेकपा छँदै उनीहरुबीच सहकार्य थियो । दुवैले नेतृत्व गरेको दल सत्तारुढ गठबन्धनमा छ ।

प्रचण्ड र नेपालबीच धेरै कुरामा सहमति छ । उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन हातेमालो गरे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दुवैले मिलेर भूमिका खेले ।

प्रचण्ड र नेपाल दुवै गठबन्धनलाई चुनावसम्म लाने बताइरहेका छन् । चुनावमा समेत गठबन्धनको विषय उठाइरहेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । प्रचण्डले आउँदो चुनावमा आफूहरु बहुमतमा आउने दाबी गरिरहेका छन् । माओवादी एक्लैले बहुमत ल्याउने सम्भावना देखिदैन । तर, उनी ढुक्कले बहुमतको दाबी गरिरहेका छन् ।

प्रचण्ड र नेपालले विस्तारै पार्टी एकता गर्ने विषय पनि उठ्न थालेको छ । माधव नेपालले कुनै दलसँग तत्काल एकता नहुने बताएका छन् । तर, उनले एकतालाई नकारेका छैनन् ।

प्रचण्ड र माधव नेपाल भविष्यमा पार्टी एकीकरण गरेर चुनावमा जाने सम्भावना पनि देखिदै गएको छ । दुवैबीच एक भएर बढ्नका लागि एकता भएको चर्चा चलिरहेको छ ।

आज एमालेका उपमहासचिव विष्णु पौडेलले पनि माधव नेपालले पार्टी माओवादीमा विलय गराउने ठोकुवा गरे । उनले यसो भन्नुको मतलब माओवादी र नेकपा एस एक हुन्छन् भन्ने हो । उनले भनेजस्तै नभइएपनि चुनाव अघि यी दुई दल एक हुने सम्भावना बढी देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्