Logo

महन्थ नरेन्द्र गिरीको मृत्युको भिडियो भाइरल, प्रहरी नआउदै शव किन तल झारियो भन्दै उठ्यो प्रश्न



एजेन्सी, ७ असोज । अखडा परिषदका अध्यक्ष महन्थ नरेन्द्र गिरिको निधनपछिको १ मिनेट ४५ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

यो भिडियो प्रहरी पुग्नु भन्दा अगाडीको भएको दाबी गरिएको छ । भिडियोमा नरेन्द्र गिरिको शव झुण्डिरहेको देखिन्छ, जहाँ पंखा तिव्ररुपमा चलिरहेको थियो । बलवीर गिरि नजिकै उभिएको देखिएको छ । नजिकै एकजना फोटोग्राफर पनि देखिएका छन् । यसपछि शव कोठाको ओछ्यानमा पल्टाइएको र त्यहाँ वरीवरि प्रमाणपत्र र तस्विरहरु सजाइएको देखिन्छ ।

भिडियोमा आईजी केपी सिंहले महन्तको शिष्यसँग सोधपुछ गरिरहेको देखिन्छ । कोठामा पंखा चलिरहेको छ । यसपछि महन्तको शव भुइँमा राखिएको देखिन्छ भने पंखामा पहेलो रंगको नाइनलको डोरी पनि झुण्डिएको देख्न सकिन्छ । महन्थको घाटीमा डोरीको सानो टुक्रा पनि देखिएको थियो । सोही डोरीको टुक्रालाई पछि टेबलमा राखिएको देखिन्छ । यही दुश्यलाई लिएर सामाजिक सञ्जालमा केही प्रश्न उठिरहेका छन् ।

भिडियो हेरेपछि मानिसहरुहरुले प्रहरी नआउदै शव किन तल झारियो भन्दै प्रश्न गरिरहेका छन् । महन्त झुन्डिएको पंखा कसरी चल्यो ? पछि कसरी पंखा चल्यो ? एउटा डोरी कसरी ३ वटा भयो ? भन्दै मानिसहरुले सामाजिक सञ्जालमार्फत प्रश्न तेर्साइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्