Logo

नेप्सेमा आज सामान्य अंकको बृद्धि



काठमाडौं, ७ असोज । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से २ दशमलव ७० अंकले बढेर २८ सय १९ दशमलव ६५ बिन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९३ प्रतिशतले बढेर ५३० दशमलव २ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२८ कम्पनीको ८७ हजार ८ सय १० पटक कारोबार भएर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता शेयर किनबेच भएको हो । आज बैंक र फाइनान्स बाहेक अन्य सबै उपसमुह घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्