Logo

शशांकले भने–‘म सभापतिमा उम्मेद्धवारी दिन्छु, ब्याक हुने कुरै छैन’



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्धवारी दिने तयारी गरिसकेकाले अब ब्याक नहुने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म सभापतिबाट ब्याक हुन्नँ, सकेसम्म सर्वसम्मती रुपमा उम्मेद्धवारी दिन्छु । रामचन्द्र पौडेल र शेखर कोइरालासँग कुराकानी भैरहेको छ । उहाँहरुसँग सहमति नभएपनि सभापतिको उम्मेद्धवार दिने कुराबाट म ब्याक हुन्नँ । म जित्छु । म सभापति बन्छु ।’

उनले आफूले कार्यकर्ताको चाहना र भावनाअनुसार उम्मेद्धवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे । यसपटक सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । तर, वरिष्ठ नेता पौडेल समूहले भने अहिलेस्म्म उम्मेद्धवारी घोषणा गरेको छैन् । तर, यो समूहले सभापतिमा जो उठेपनि सर्वसम्मत रुपमा उठ्ने बताउँदै आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्