Logo

ईश्वर पोखरेलले भनेः माधव नेपालबाट आपराधिक कार्य, सीपी मैनाली समस्या



काठमाडौं, ७ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपराधिक कार्य गरेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टी विशेष प्रदेश कमिटीलाई सम्बोधन गर्दै माधव नेपालले लज्जास्पद र आपराधिक कार्य गरेको आरोप लगाएका हुन् ।

‘माधव नेपालले लज्जास्पद र अपराधिक काम गर्नुभयो,’ पोखरेलले भने । उनले माधव नेपालबाट गम्भीर गल्ती भएको टिप्पणी गरे ।

नेकपा मालेका नेता सीपी मैनाली कुनै बेला मिथक जस्तै नेता मानिने गरेको स्मरण गराए । तर, मैनाली सधै समस्या बनेको र समस्या खडा गर्दा गर्दै पार्टीबाट गएको बताए । उनले माधव नेपाललाई मैनालीसँग तुलना गरे ।



प्रतिक्रिया दिनुहोस्