Logo

प्रचण्डलाई घनश्याम भुषालको जवाफ : हाम्रो पार्टी हामीले नै बनाउँछौं



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूहरुको चिन्ता नलिन आग्रह गरेका छन् । आजमात्रै काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलामा सम्बोधन गर्दै प्रचण्डले घनश्याम भुषाल, योगेश भट्टराईले केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका थिए ।

त्यसको जवाफमा भुषालले आफूहरुको चिन्ता नलिन भनेका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’ तत्कालिन् नेकपा हुँदा घनश्यामहरु प्रचण्ड–माधव नेपालकै पक्षमा थिए ।

उनीहरुले ओलीको क्याविनेटबाट राजीनामा दिएर सडक संघर्ष गरेका थिए । पछि सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र अलग अलग गरिदिएपछि पनि घनश्यामहरु माधव नेपालको पक्षमा उभिएर संघर्ष गरेका थिए । तर, अन्तिम अवस्थामा भने उनीहरुले माधव नेपाललाई साथ नदिएपछि उनीहरुमाथि आत्मसमर्पण गरेको भन्ने आरोप लागेको छ । file photo



प्रतिक्रिया दिनुहोस्