Logo

माधव नेपालको पार्टी पदाधिकारी पार्टी भएको ओलीको टिप्पणी (लाईभ-भिडिओसहित)



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति भनेको त समाजलाई कसरी राम्रो बनाउने भन्ने भएको बताएका छन् । एमालेले आज (बिहीबार) काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले जनताको बीचमा फाटो ल्याउन खोज्नेहरुलाई पराजित गर्नुपर्ने बताए । उनले भने,‘प्रकृतिमा विविधतता विल्कुल प्राकृतिक र स्वभाविक कुरा हो ।’ उनले नेपालजस्तो सानो देश विभाजित हुन नहुने स्पष्ट पारे । उनले नेपालले विदेशीहरुसँग पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आफूहरु राष्ट्रिय एकताको राजनीति गर्ने भन्दै आफूहरुले सधैं एकताको राजनीति गर्ने सुनाए । उनले माओवादी केन्द्र र माले एकतावादी पार्टी नभएर फुटवादी पार्टी भएको आरोप लगाए । उनले माधव नेपाल नेतृत्वको पार्टीलाई पदाधिकारी पार्टी भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्