Logo

पहिलो पटक नेपाल आउँदा निकै खुसी छु : अफ्रिदी



काठमाडौँ, ७ असोज: पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदी आज काठमाडौँ आईपुगेका छन्। उनी  एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्नका लागि आज काठमाडौं आईपुगेका हुन् । उनी विहीबार अपरान्ह कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

आफ्रिदी काठमाडौं किंग्स इलाभेनमा आवद्ध छन् । उनलाई नेपालका लागि पाकिस्तानी राजदूतकाबासका प्रतिनिधी र ईपीएलका एमडी आमिर अख्तरले स्वागत गरेका थिए । त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अफ्रिदीले नेपालमा क्रिकेट खेल्न आउन पाउँदा निकै खुसी रहेको बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्