Logo

पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण



काठमाडौं, ७ असोज । अब नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिने भएको छ ।

प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै असोज १५ गतेसम्म नतिरे इन्टरनेटको तार काट्ने चेतावनी दिएको हो । बढेको भाडा सम्झौता गर्न र पोलको भाडा बुझाउन प्राधिकरणले आग्रह गरेको हो ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ), इन्टरनेट सेवा प्रदायक संघ र केबल टीभी महासंघ लगायतले प्राधिकरणविरुद्ध आन्दोलनको तयारी गरीरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्