Logo

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक



काठमाडौं, ७ असोज । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष सम्मका बालबालिकाहरुले भाग लिएर आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नसक्ने आयोजकले जानकारी दिएको छ ।

नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्