Logo

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विद्येयक प्रमाणीकरण



काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् । विनियोजन विद्येयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो आजबाट खुलेको छ । तर, विद्येयक प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्