Logo

चीनतर्फ बाटो खोलेकोले सरकारबाट हट्नुपरेको ओलीको टिप्पणी



काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माले लिपुलेकको नक्शा बनाएको र चीनतर्फ बाटो खोल्नु नै आफू सरकारबाट हट्नुपरेको मुख्य कारण भनेका छन् । उनले नाकाबन्दीको मुकाबिला गरेको भन्दै त्यसको परिणाम भोगिरहेको बताए ।

‘हामी त्यसै सरकारबाट हटुपरेको छ र !’ ओलीले पार्टीको प्रदेश विशेष कमिटीलाई सम्बोधन गर्दै भने, ‘नाकाबन्दीको मुकाबिला गरेको, लिपुलेकको नक्शा बनाएको, चीनतर्फ बाटो खोलेको छ ।’ आफूले देशका लागि राम्रो काम गरेको भन्दै त्यसलाई विरोधीले अपराधको संज्ञा दिएको टिप्पणी गरे ।

एमाले सरकार टिकेको भए धेरै राजनीतिक सटरहरु बन्द हुन्थ्यो भन्दै आफूलाई त्यहीवापत् हटाइएको बताए । उनले सरकारलाई सिस्नोसँग तुलना गर्दै छिमेकसँग सम्बन्ध बिगारेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्