Logo

काठमाडौंमा अब विद्यालयमै पढाइ



काठमाडौं, असोज ८। काठमाडौं महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेबाट सञ्चालन गर्न सकिने भएको छ ।

महानगरपालिकाका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विद्यालय सञ्चालन गर्दा न्यूूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।

प्रमुख शाक्यले कोभिड–१९ महामारीको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो भन्दै विवेकपूर्ण निर्णय लिनु उचित हुने बताए ।



प्रतिक्रिया दिनुहोस्