Logo

गायिका इन्दिरा जोशीले गरिन फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट



काठमाडौं, असोज ८ । माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ।

उनीहरुको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन्। आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।



प्रतिक्रिया दिनुहोस्