Logo

ला लिगामा बार्सिलोना कार्डिजसँग बराबरीमा रोकियो



काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना कार्डिजसँग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा बार्सिलोना कार्डिजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ६५औं मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । बार्सिलोनाले यस सिजन खराब सुरुवात गरेको छ ।

बार्सिलोनाले ला लिगामा यस सिजन मात्र दुई खेलमा जित निकालेको छ । बार्सिलोना ५ खेलबाट ९ अंक सहित तालिकाको सातौं स्थानमा छ । कार्डिज ६ अंक सहित १४ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्