Logo

सभापतिमा कसले बाजी मार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन् : जीवन परियार (भिडिओसहित)



काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता जीवन परियारले पार्टी सभापतिको लागि धेरै नेता योग्य रहेको भन्दै अहिले नै को सभापति बन्छ भनेर नसकिने स्पष्ट पारेका छन् । उनले आगामी महाधिवेशनमा ठूलो संख्यामा युवा पुस्ताको वर्चश्व कायम हुने दबाी गरे ।

उनले युवा पुस्ताबाटै महामन्त्री आउनसक्ने पनि विश्वास दिलाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभापतिमा कसले बाजी मार्छ भन्ने कुरा अहिले नै निक्र्यौल गर्न नसकिने बताए ।

उनले युवा पुस्ताको कांग्रेसमा दशौं वर्षदेखि उपस्थिति रहेको सुनाए । यसपटक भने युवा पुस्ता नेतृत्वमा आउनसक्ने बताए । उनले समयमै महाधिवेशन सम्पन्न गर्नको लागि सबैले ईमानदारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्