Logo

शुक्रबार मन्दिरमा यी चीज अर्पित गर्दा आर्थिक संकट हट्ने



८ असोज । शुक्रबारलाई माता लक्ष्मी, माता कालिका र शुक्राचार्यको बार मानिन्छ । शुक्रबारको ग्रह हो शुक्र ग्रह । शुक्रबारको व्रत बस्दा र माता लक्ष्मीको पुजा गर्दा आर्थिक संकट हटेर धन, सम्पत्ति र ऐश्वर्या बढ्छ ।

शुक्रबार माता लक्ष्मीलाई यी चीज चढाउनुपर्छ, जसले आर्थिक संकट हट्छ ।

कमलको फुलः कमलको फुल माता लक्ष्मीको अति प्रिय हो । लक्ष्मीको मन्दिरमा गएर विधिवत पुजा गरेर कलमको फुल चढाउनु पर्छ । माता लक्ष्मी पहेलो फुल चढाउदा पनि प्रसन्न हुन्छिन् । रातो गुलाब पनि लक्ष्मीको अति प्रिय हो ।

केसर वा मिठाईः पहेलो रंगको केसरको मिठाई लक्ष्मीलाई अर्पित गर्दा प्रसन्न हुन्छिन् । माता लक्ष्मीलाई पहेलो र सेतो रंगको मिठाई पनि अर्पित गर्नुपर्छ ।

नरिवलः नरिवललाई श्रीफल भनिन्छ । यसमा सबैभन्दा शुद्ध जल भरिएको हुन्छ । श्रीफल भएकै कारण माता लक्ष्मी धेरै प्रसन्न हुन्छिन् । यसको साथै लक्ष्मीलाई खिर, हलुवा, सिंगडा, अनारको भोग पनि लगाउन सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्