Logo

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा वाध्यकारी रुपमा रहनुपर्ला ?



काठमाडौं, ८ असोज । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने विवाद टुंगो लगाउन सुनुवाई बढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुकार शर्माको इजलासमा सुनुवाई बढेको हो ।

प्रधानन्यायधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने बहस अदालतमा पुगेको हो । अधिवक्ता दिपकविक्रम मिश्र र डा. गणेश रेग्मीले छुट्टाछुट्टै रिट दायर भएकोमा इजलासमा पेसी तोकिएको हो । यसअघि न्यायाधीश हरि फुयाँलको इजलासले रिट निवेदनमाथि लिखित जवाफ प्राप्त भएको ३ दिापछि पेशी तोक्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदले गरेका संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाईका लागि गठित संवैधानिक इजलासमा नबस्ने निर्णय गरेका थिए । उनको यो कदमलाई असंवैधानिक भन्दै रिट निवेदन दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्