Logo

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित



काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

साथै ५०औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाए । खेलको ५९औं मिनेटमा जिलिनिस्कीले गोल गर्दै नापोलीलाई ४–० को जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । साम्पडोरिया ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्