Logo

सेल्फी लिन गएका प्रशंसकसँग किन रिसाए जोन अब्राहम ?



एजेन्सी, ८ असोज । बलिउडका स्टारहरु फिल्म बाहेक वास्तविक जीवनको एक्सनको कारण पनि चर्चामा रहन्छन् । प्राय कलाकारहरुको प्रशंसकहरु संग झगडा भएको खबरहरु बारम्बार आइरहेका हुन्छन् । बलिउडका एक्शन अभिनेता जोन अब्राहम पनि आफ्ना प्रशंसकहरुसंग झगडा पर्नेमा पर्छन् ।

अहिले जोन अब्राहमको एक भिडियो सोशल मिडियामा भाइरल भैरहेको छ। यो एक पुरानो भिडियो हो। यो भिडियोमा जोनले आफ्नो एक प्रशंसकसंग दुर्व्यवहार गरेको देखिएको छ ।

भिडियोमा जोनको एक प्रशंसक उनीसंग सेल्फी लिनको लागी नजिक आउँछन् तर जोन अब्राहमले उनलाई तल धकेल्छन्। मानिसहरुलाई फ्यानसंग जोनले गरेको यस्तो ब्यवहार मन पराएका छैनन् । धेरैले जोनलाई गाली गरिरहेका छन् ।

यो भिडियोमा जोनले धेरै पटक आफ्नो प्रशंसकहरुसंग दुर्व्यवहार गरेको देखिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कमेन्ट गरेर उनको कडा आलोचना गरिरहेका छन्।

जोन अब्राहम पछिल्लो समय फिल्म ‘मुम्बई सागा’ मा देखिएका थिए। उनी छिट्टै ‘एक भिलेन २’ र ’पठान’ मा देखिनेछन्।



प्रतिक्रिया दिनुहोस्