Logo

अश्लील फिल्ममा मुछिएकी गहना बशिष्ठलाई अदालतद्धारा राहत



एजेन्सी, ८ असोज । बलिउडकी अभिनेत्री गहना वशिष्ठलाई केही समय अगाडी अश्लील फिल्म सुट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। गहना अहिले जमानतमा छुटेकी छिन् । राज कुन्द्रा जेल गएसँगै फेरि पक्राउ पर्ने उनलाई ठुलो डर थियो । अभिनेत्रीले बम्बई अदालतमा अग्रिम जमानत याचिका दायर गरिन्।

सुरुमा अदालतले गहना वशिष्ठको अग्रिम जमानत याचिका अस्वीकार गरेको थियो। तर अब गहनालाई सर्वोच्च अदालतबाट राहत मिलेको छ । सर्वोच्च अदालतले उच्च अदालतको फैसलामा रोक लगाएको छ। अब भने अभिनेत्रीले अग्रिम जमानत प्राप्त गर्न सक्ने भएकी छिन् ।

सर्वोच्च अदालतले अश्लिल प्रकरणमा दर्ता भएको तेस्रो एफआईआरमा गहनाको गिरफ्तारीमा रोक लगाएको हो । अदालतले गहना वशिष्ठलाई आवश्यक परे अनुसन्धानमा सामेल हुन निर्देशन दिएको छ । अब अभिनेत्री पक्राउ नपर्ने भएकी छिन् ।

एक रिपोर्टका अनुसार अदालतलाई अभिनेत्री विरुद्ध उनको तेस्रो एफआईआरमा गिरफ्तार नगर्न र आवश्यक परे अनुसन्धानमा सामेल हुन भनिएको छ। पहिलो एफआईआर पछि गेहनालाई हिरासतमा लिईयो र उनी झण्डै ३ महिना जेलमा बस्नु परेको थियो।

गहनालाई अपराध शाखाको सम्पत्ति सेलले अश्लील भिडियो शूटिंग गरेको र एक वेबसाइटमा अपलोड गर्ने कथित भूमिकाको लागी गिरफ्तार गरेको थियो। ८५ भन्दा बढी पोर्न फिल्महरु सुट गररे आफ्नो बेवसाइटमा अपलोड गरेको उनीमाथि आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्