Logo

आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै



काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।चेन्नई ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आज बेङ्ग्लोरलाई हराए चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

साथै ८ खेलमा ५ मा जित र ३ हार बेहोर्दै बेङ्ग्लोर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।त्यसैगरि ९ खेलमा ७ जित र २ हार बेहार्दै १४ अङ्क सहित दिल्ली लिगको शिर्ष स्थानमा रहेको छ । तालिकाको चौथौं स्थानमा कलकत्ता र पाचौं स्थानमा राजस्थान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्