Logo

प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने



भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् ।

प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि बादललाई गद्दार भनेका छन् । बादलले पनि प्रचण्डलाई चिडियाखानामा पुर्याउने सम्म भनेका थिए ।
प्रचण्ड र बादल दुवैको चुनावी क्षेत्र चितवन हो । उनीहरु दुवै चितवनबाट चुनाव लड्ने सम्भावना बढेको छ ।

बादलले आज भरतपुर पुगेर प्रचण्डसँग चुनावी भिडन्त हुनसक्ने बताए । उनले भने, चुनावमा प्रचण्ड भर्सेस बादल हुनसक्छ ।

आफू आगामी निर्वाचनमा प्रचण्डसँग भिड्न तयार रहेको बादलको भनाई थियो । पार्टीले निर्णय गरेमा आफू चुनाव भिड्न तयार रहेको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्