Logo

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण



वाग्मती, ८ असोज: हेटौँडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडालाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भएपनि नयाँ भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिए । भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो ।

निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताए । सो भवनमा ५२ कोठा रहेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्