Logo

महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ



काठमाडौं, ८ असोज । महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ परेका छन् । साउन ४ गते महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागेर फरार भएका पोखरा म.न.पा. वडा नं.१४ मझेरीपाटन बस्ने २४ बर्षीय निर्मल परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ७ गते गगनगौंडा स्थितबाट पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको लागी महानगरीय प्रहरी बृत्त जनसेवा पठाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्