Logo

चिनियाँ विदेशमन्त्री वाङ र महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्लाबीच वार्ता



८ असोज: चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् ।

मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड-१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरेका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघमा चीनको जनवादी गणतन्त्र (PRC) को वैधानिक सीटको पुनर्स्थापनाको ५० औं वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैं विकासशील देशहरूको पक्षमा र अन्तरराष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताएका छन् ।

शाहिदले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औँ वार्षिकोत्सव र संयुक्त राष्ट्र संघको PRC को वैधानिक सीट पुनर्स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा बधाइ दिदै यस सत्रको मुख्य एजेन्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशा समेत व्यक्त गरेका छन् ।

क्त अवसरमा अध्यक्ष शाहिदले बेइजिङ शीतकालीन ओलम्पिकको पूर्ण सफलताको कामना पनि व्यक्त गरेका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्