Logo

अमेरिकी उप-राष्ट्रपति ह्यारिसलाई भारत आउन मोदीले दिए निम्तो



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिससँग प्रत्यक्ष भेटर्वार्ता गरेका छन् । मोदीले बिहीबार पहिलोपटक उप-राष्ट्रपति ह्यारिससँग भेटर्वार्ता गरेका गरेका हुन्। शिर्ष पदमा पुग्न सफल अमेरिकाकै पहिलो भारतीय मूलकी कमलाको तारिफ गर्दै मोदीले उनी ‘पूरै दुनियाँका लागि प्रेरणाको स्रोत’ भएको बताएका थिए ।

संयुक्त प्रेस सम्मेलनमा मोदीले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, “अमेरिकाको उप-राष्ट्रपतिका रुपमा तपाईंको चुनावी जित विश्वकै महत्वपूर्ण र ऐतिहासिक घटना थियो । तपाईं पूरै दुनियाँका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।”

“जितको यस यात्रालाई निरन्तरता दिँदै गर्दा भारतीयहरु तपाईंको स्वागत गर्न पर्खिरहेका छन् । त्यसैले म तपाईंलाई भारत भ्रमणका लागि पनि निमन्त्रणा गर्दछु”, मोदीले भनेका हुन् । त्यस्तै मोदीले भारत दोस्रो लहरको कोरोना संकटबाट गुज्रँदा अमेरिकाले हात बढाएकोप्रति आभार व्यक्त गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्