Logo

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा



चितवन, ८ असोज: पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारीले आज त्यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए । File pjoto रासस



प्रतिक्रिया दिनुहोस्