Logo

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावल आक्रोशित, केन्द्रीय कमिटी बैठकमा ओलीसँग जवाफ माग



काठमाडौं, ८ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आजको केन्द्रीय कमिटी बैठकमा आक्रोश पोखेका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकको सुरुमै रावलले दश बुँदे सहमति पालना किन नभएको भन्दै प्रश्न उठाएका थिए ।

उनले अध्यक्ष केपी शर्मा ओलीसँग सुदुरपश्चिम प्रदेशमा दश बुँदे कार्यान्वयन नभएको भन्दै गुनासो पोखेका थिए । जवाफमा अध्यक्ष ओलीले यस विषयमा अहिले बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने आश्वासन दिएका थिए । भीम रावलअघि झपट रावलले पनि दश बुँदे कार्यान्वयनमा उदासिनता देखिएको विषय उठाएका थिए ।

खासगरी सुदुरपश्चिम प्रदेशमा ईन्चार्जको विवाद छ । अहिले लेखराज भट्ट नै ईन्चार्जको रुपमा काम गरिरहेका छन् । भट्ट र कर्ण थापाले भने दश बुँदे हुबहु कार्यान्वयन नहुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्